spot_img
spot_img
spot_img

स्ववियु निर्वाचनमा रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको बराबरी

spot_img

रुपन्देही ।

रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसंघले बराबरी संख्यामा जितेत हासिल गरेका छन। १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता भएपनि ६ वटामा संगठनहरुबीचको विवादका कारण निर्वाचन रोकिएको छ । मतदान भई नतिजा सार्वजनिक भएका क्याम्पस मध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने सियारी ४ छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाको रामापुरस्थित सहिद नारायण पोखरेल क्याम्पस र सुद्दोधनको फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । अन्य निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन हुने भएपनि कहिले हुने भन्नेबारे अझै टुंंगो लागेको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img