spot_img
spot_img
spot_img

उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु

spot_img

एजेन्सी ।

उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए । राति उनीहरू डण्डा तहसिलको खातुखाल नजिक पुगेका थिए । यस अवधिमा लगातार पानी परिरहेको थियो र ठुलो आँधी आएको थियो । राति करिब ९ बजे चट्याङ परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको थियो ।
घटनाले गाउँले त्रसित

एकैसाथ यति धेरै जनावर मरेकाले गाउँका जनता त्रसित भएका छन् । उनले घटनाबारे भाटवाडी ब्लककी प्रमुख विनीता रावतलाई जानकारी गराएका थिए । विनिता रावतले घटनाको बारेमा डीएम र जिल्ला प्रकोप व्यवस्थापन विभागलाई बताइन् । स्थानीय जग मोहन रावतले घटनाको पुष्टि गरेका छन् । चट्याङका कारण यति धेरै पशुपक्षी यसअघि कहिल्यै नमरेको उनले बताए । आइतबार प्रशासन र भेटेरिनरी विभागको टोली घटनास्थलमा पुग्ने डण्डाका तहसिलदार प्रतापसिंह चौहानले बताए । यसपछि मात्रै कूल क्षति र मृत्युको कारण थाहा हुनेछ । विपद् व्यवस्थापन विभागको टोलीले पनि घटनास्थलमा गएर जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img