spot_img
spot_img
spot_img

आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने

spot_img

एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टीम सहभागी १६ औँ सिजनमा केही नयाँ नियमहरू पनि लागू हुँदैछन् । टोलीले अब टसपछि ब्याटिङ वा बलिङको फैसला लिएर सुरुवाती ११ तय गर्न पाउनेछन् । टसपछि टोलीले ४ जना ‘इम्प्याक्ट प्लेयर’ पनि बताउनुपर्नेछ । दुई टोलीका कप्तान अब टसको बेला दुईवटा सुरुवाती ११ को सूची लिएर आउन पाउनेछन् । टस गरेर ब्याटिङ वा बलिङ गर्ने थाहा पाएपछि, उनीहरुले सोही हिसाबले आफ्नो सुरुवाती ११ चयन गर्न सक्नेछन् । यसअघि १५ सिजनसम्म टोलीहरूले मात्र एउटा सुरुवाती ११ को सूची लिएर टसमा आउँथे । टसपछि उनीहरुले त्यही टीम लिएर खेल्नुपर्थ्यो ।

आईपीएल सिजनमा नयाँ इम्प्याक्ट प्लेयरको नियम पनि थपिएको छ । टसपछि दुई टोलीले ४–४ इम्प्याक्ट प्लेयर बताउनुपर्नेछ । ४ इम्प्याक्ट प्लेयरमध्ये खेलका दौरान टोलीले एक जनालाई सुरुवाती ११ मा सामेल खेलाडीसँग साट्न सक्छन् । खेलका दुई पारीको १४ ओभरसम्म इम्प्याक्ट प्लेयरको नियम प्रयोग गरेर टोलीहरूले खेलाडी परिवर्तन गर्न सक्नेछन् । पुरै खेल अवधि भर यसलाई मात्र एक पटक प्रयोग गर्न सकिनेछ । इम्प्याक्ट प्लेयरले आफ्नो खातामा रहेको पुरै चार ओभर गर्न पाउनेछन् । पारीमा जति ओभर बचेको छ, त्यही अनुसार उनीहरुले बलिङ गर्न पाउनेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img