spot_img
spot_img
spot_img

बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण

spot_img

बुटवल ।

बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो । बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गर्नुभयो ।

बीउ वितरण गर्दै उहाँले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गर्नुभयो । उहाँले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img