spot_img
spot_img
spot_img

२३ हजार चिनियाँ स्टर्जन याङ्ग्जी नदीमा छोडियो

spot_img

एजेन्सी ।

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य चीनको हुबेई प्रान्तको जिङझाउ र यिछाङ शहरहरूमा उक्त प्रजातिका माछा छोडिएको हो। ती माछाहरू मध्ये माछाहरू मध्ये २८ वटा १.५ मिटर भन्दा बढी लामा छन्। यसलाई ूजलीय पाण्डाू भनेर बुझ्ने गरिन्छ ।

चिनियाँ स्टर्जन १४० मिलियन वर्ष भन्दा अघि देखि यसको अस्तित्व रहेको मानिन्छ । यद्यपि, याङ्त्जेमा यस्ता थुप्रै प्रजातिहरूको सङ्ख्या २०औं शताब्दीको अन्तदेखि घट्न थालेको अनुसन्धानले देखाएको छ । पारिस्थितिक संरक्षण र हरित विकासको लागिसन् २०२१, जनवरी १ मा याङ्त्जेको मुख्य पानीमा १० वर्षका लागि माछा मार्न प्रतिबन्ध लगाइएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img