कञ्चन ।
बौद्ध धर्म र दर्शनका अनुयायीहरुको साझा संगठन नेपाल मगर बौद्ध सेवा समाजको छैठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीको कञ्चनमा हुने भएको छ। बौद्ध धर्ममा आस्था राख्ने मगरहरुको राष्ट्रिय स्तरको कार्यक्रम रुपन्देहीको कञ्चनमा हुन लागिरहेको हो। यही चैत्र १८ गते देखि सञ्चालन हुने महाधिबेशनमा देशभरका ५० जिल्लाबाट प्रतिनीधि र पर्यबेक्षक गरी करिब ४ जना बौद्ध अनुयायीहरुको सहभागिता रहने नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रिय महासचिव दबबहादुर गर्बुजा पुन मगरले जानकारी दिनुभएको छ। कञ्चन गाउँपालिका वडा नं ४ स्थित बिरेन्द्रचोकमा रहेको मंगल नालान्दा बौद्ध बिहारमा हुने महाधिबेशनबाट समाजको नया केन्द्रिय समितिको चयन हुने र बौद्ध धर्मलाई मगर जातीको आफ्नो मौलिक धर्मको रुपमा स्थापित गर्न विभिन्न कार्य योजनाहरु समेत अनुमोदन हुने महासचिव गर्वुजा मगरले बताउनुभएको छ।
समाजको महाधिबेशन उद्घाटनका दिन १८ गते शान्ती र्याली हुने र उक्त र्यालीमा बौद्ध धर्मावलम्बी, अनुयायी, उपासक तथा उपासिका, भिक्षु लगायतको सहभागिता रहने महाधिबेशन संयोजक तथा समाजका केन्द्रिय कोषाध्यक्ष मिन माया थापा मगरले जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन अखिल भिक्षु महासंघको केन्द्रिय प्रतिनिधीबाट हुनेछ।