देवदह। रुपन्देहीको देवदहमा संचालित दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो चरणको सम्पुर्ण खेल सम्पन्न भएको छ। प्रतियोगितामा कुल ३२ टिम सहभागी रहेका थिए।
प्रतियोगिताको दोश्रो चरणका खेलमा देवदह ब्वाइज, ढेकावर, रामनगर एफ सि,तिलोत्तमा , भलुही एफ सि,भलुही, थापा स्पोर्ट्स,सुनवल, रामपुर एफ सी,नवलपरासी, भुपु शैनिक एफ सी,भुपु शैनिक, लर्ड वेसक्याम्प र सुनवल १३ विजयी हुँदै क्वाटरफईनलमा प्रवेश गरेका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको क्वाटरफईनलको पइलो खेल भोली देवदह ब्वाइज र भलुही एफ सि,भलुही बिच हुने आयोजकले जनाएको छ।