कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं ३ मा रहेको ईन्द्रणी महिला समूहले चैते दशैको अवसरमा विविध खेलकुद कार्यक्रम सञ्चालन गरेको छ। सो खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न उमेर समूहका लागि मिठाई दौड, तालु आलु खेल, कुर्ची दौड हण्डी फोड लगायत खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो।
खेलकुद कार्यक्रममा सहभागी खेलाडी तथा दर्शकहरुलाई सम्बोधन गर्दै कञ्चन गाउापालिका वडा नं ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले आफ्नो नेतृत्व बिकासका लागि आफुले नै संघर्ष र मेहनत गर्नुपर्ने बताउनुभयो। वडा अध्यक्ष सापकोटाले महिलाहरुले आफुलाई अवसरको खोजीमा नभई अवसरको सृजना गरी त्यो अवसरलाई उपयोग गर्न सकेमात्र सिकाईको उपलब्धी हुने समेत बताउदै महिला समूहबाट समाज परिवर्तनका लागि सञ्चालन गरिने हरेक कार्यक्रमहरुबाट नयाँ पिढीका लागि सिकाई हुने उल्लेख गर्नुभयो।
भगवती टोल बिकास समितिका अध्यक्ष नवलसिंह कुवँर, समूहका सल्लाहकार खिम बहादुर थापा लगायतले बोल्नु भएको कार्यक्रममा ईन्द्रेणी महिला समूहले समाजसेवी तथा जेष्ठ नागरिक प्रेम बहादुर रोकालाई समेत सम्मान गरिएको थियो । समूहका अध्इक्ष कमला बि।क।को अध्यक्षता तथा समूहका कोषाध्यक्ष निसा सुवेदीले स्वागत गर्नु भएको कार्यक्रममा सचिव खुमा पुनले सञ्चालन गर्नु भएको थियो । उक्त खेलकुद कार्यक्रममा ५ बर्ष मुनिका र १२ बर्ष मुनिका बालबालिकाहरुका लागि मिठाई दौड र सो उक्त समूहका तातो आलु दौड प्रतियोगिता सञ्चालन गरिएको थियो भने कुर्ची दौड तथा हण्डीफोड सञ्चालन गरिएको थियो। प्रतियोगितामा पुरस्कृत विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो।