१६ चैत, रोहिणी ।
रुपन्देहीका बिहीबारदेखि तीनदिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित लुम्बिनी प्रेस क्लबको भवनमा रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा तालिम सुरु भएको क्लबकी तालिम समिति संयोजक उषा केसीले बताउनुभयो। क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत तालिम सञ्चालन गरिएको केसीले बताउनुभएको छ । तालिमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, क्लबकी तालिम समिति संयोजक उषा के।सी।को स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम चैत १८ गतेसम्म सञ्चालन हुने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले बताउनुभयो । तालिमको कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवाल र नेपाल टेलिभिजनका रुपन्देही संवाददाता दीपक घिमिरेले सहजीकरण गर्नुभएको छ । क्लबमा ३९ जना सदस्य आबद्ध छन् ।