spot_img
spot_img
spot_img

श्रीलङ्कामा पेट्रोलको मूल्य प्रतिलिटर ६० र डिजलको ८० रुपैयाँले घट्यो

spot_img

१६ चैत, एजेन्सी ।

श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ। ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताउनुभएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ। अब उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ । गएको वर्ष श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img