काठमाण्डौ ।
नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको भन्दै सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । पश्चिमी वायुको प्रभावले अहिले देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । शनिवारको मौसम पनि यस्तै रहने र आइतबारदेखि मौसम खुल्दै जाने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । शुक्रबार राति तराई मधेसका क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??