कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा नं ४ मा रहेको एकता आमा समूहको भवन निर्माण कार्य शुरु भएको छ । कञ्चन गाँउपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको शिलन्यास कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको हो। अध्यक्ष ढकालले भवनको शिलन्यास गर्दै कुनै पनि भौतिक विकासको दिगो र अपनत्व कायम गर्न मानविय विकास आवश्यक रहेको बताउनुभयो।
मानविय विकास विना कुनैपनि विकासमा जनसहभागिता र आफ्नो पन नहुने अध्यक्ष ढकालले बताउनुभयो। एकता आमा समूहका अध्यक्ष सृजना थापाको अध्यक्षता तथा मिना थापाको स्वागतका सम्पन्न भएको शिलन्यास कार्यक्रमको सञ्चालन अस्नैया टोल विकास संस्थाका अध्यक्ष ठाकुर गौतमले गर्नु भएको थियो। कञ्चन गाउपालिका र स्थानीय लागत सहभागिता समेत सो भवन निर्माण हुनेछ।