spot_img
spot_img
spot_img

कञ्चनमा नेपाल मगर बौद्ध सेवा समाजको छैठौं राष्ट्रिय सम्मेलन शुरु

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा आजदेखि नेपाल मगर बौद्ध सेवा समाजको छैठौं राष्ट्रि महाधिबेशन शुरु हुदैछ। महाधिबेशनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। महाधिबेशनका लागि देशभरका बिभिन्न जिल्लाबाट प्र्रतिनीधि र पर्यवेक्षक कञ्चनमा आइपुगेका छन। देशभरका करिब ४०० जना बन्दा बढी प्रतिनीधि पर्यवेक्षकहरुको सहभागिता रहने महाधिबेशनले नयाँ कार्य समिति चयन, नीति तथा कार्यक्रम समेत तय गर्ने महाबिधेशन तयारी समितिका संयोजक तथा समाजका केन्द्रिय कोषाध्यक्ष मिनमाया थापा मगरले जानकारी दिनुभएको छ।

कञ्चन गाउापालिका वडा नं. ४ स्थित बिरेन्द्रचोकमा रहेको मंगल नालान्दा बौद्ध विहारमा हुने अधिबेशन चैत्र २१ गते सम्म चल्ने छ। महाधिबेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय सृजनशिल आमा समूह, अस्नैया युवा क्लव र सिद्धार्थ टोल बिकास संस्थाले सहयोग गरेको नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img