देवदह । रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगितामा चार टिम सेमीफाईनल प्रवेश गरेका छन्। देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगीतामा भलुहि एफ.सी,देवदह, थापा स्पोर्ट्स,नवलपरासी, बुटवल मिड टाउन एफ.सी,बुटवल र रामपुर एफ.सी,नवलपरासी सेमीफाईनल प्रवेश गरेका हुन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष कबि ज्ञवालीले जानकारी गराउनुभयो।
संगम युवा क्लव आयोजना र चाहाना आमा समुहको सह आयोजनामा आयोजित प्रतियोगीतामा ३२ टिमको सहभागीता रहेको छ। प्रतियोगिताको सेमिफाइनलको पहिलो खेल भोली भलुहि एफ.सी,देवदह र बुटवल मिड टाउन एफ.सी,बुटवल बिच हुने आयोजकले जनाएको छ।