देवदह // रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगितामा भलुहि एफ.सी फाइनल प्रवेश गरेका छ। देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगीतामा बुटवल मिड टाउन एफ.सीलाई हराउँदै भलुहि एफ.सी फाइनल प्रवेश गरेको हो।
सोमबार (आज) भएको सेमिफाइनलको पहिलो खेल भलुहि एफ.सी र बुटवल मिड टाउन एफ.सी बिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट ३-३ गोलको बराबरीमा सकेपछि खेल ट्राईवेकरमा गएको थियो। ट्राईवेकरमा खेल भलुहि एफ.सी.ले ४-२ को गोल अन्तरले जित हासिल गरेको हो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष कबि ज्ञवालीले जानकारी गराउनुभयो।
संगम युवा क्लव आयोजना र चाहाना आमा समुहको सह आयोजनामा आयोजित प्रतियोगीतामा ३२ टिमको सहभागीता रहेको छ।