कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंम्बर ३ का बिभिन्न १३ वटा टोल विकास संस्थाहरुले संयुक्त रुपमा वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन । बुधवार टोल विकास संस्थाका अध्यक्षहरुले संयुक्त रुपमा टोल विकास संस्थाहरुलाई चौकीदार मात्र बनाएको, टोल भित्र हुने गरेका कुनै पनि योजनाहरुबारे जानकारी नहुने, छाडा चौपायाहरुको उचित ब्यबस्थापन र प्रतापपुरमा रहेको अस्थाई प्रहरीचौकीबाट सुरक्षा गस्तीलाई नियमित्ता नदिएको भन्दै वडा अध्यक्ष टिकाराम सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन।
माछा पोखरी टोल बिकास संस्थाका अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले टोल बिकास संस्था गठन भएपनि संस्थाको काम कर्तब्य र अधिकारबारे कुनै जानकारी नभएको र टोल विकास संस्थाका पदाधिकारीहरुलचई चौकीदारको रुपमा प्रयोग गरिएको, गाई पालक किसानहरुले बयस्क गाई तथा बाच्छाहरुलाई जंगलमा छाडा छोडिएका कारण अन्नवालीको नोक्सानी गरिरहेको र अस्थाई प्रहरी चौकीबाट नियमित रुपमा सुरक्षा गस्ती नगरेका कारण लागु औषध दुर्ब्यसनी बढिरेहको लगायत बिषयमा वडा कार्यालयलाई ध्यानाकर्षण गराई समस्या समाधानका लागि आग्रह गरिएको जनचाहना टोल विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनु भएको छ।