spot_img
spot_img
spot_img

रुपन्देहीबाट विभिन्न मुद्धामा फरार रहेका १३ जना प्रतिवादीहरु पक्राउ

spot_img

रुपन्देही ।

विभिन्न मुद्धा लागेर फरार रहेका १३ जना प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार विभिन्न अपराधमा संलग्न भएका प्रतिवादीहरुलाई उनीहरुकै आफ्नै घर वतनमा फेला पारी पक्राउ गरेको हो । प्रकाउ पर्नेहरुमा जुवा मुद्धामा रु २०० जरिवाना भई फरार रहेकी देवदह नगरपालिका वडा नं १ बस्ने कान्छी गुरुङ, २०७२।१०।२५ गतेको फैसलाले जुवा मुद्धामा रु २०० जरिवाना भएका देवदह १ बस्ने हरी प्रसाद खनाल, २०७६।०९।०६ गतेको फैसलाले ठगी मुद्धामा १ बर्ष कैद र रु २५ हजार जरिवाना भएका देवदह ११ का दामोदर चौधरी रहेका छन । यस्तै ०६४।०९।३० गतेको फैसलाले वन मुद्धामा १ महिना कैद सजाय भएका देवदह २ बस्ने गंगा राम विक, २०७१।०३।२९ गतेको फैसलाले वन मुद्धामा १५ दिन कैद र रु ४३ हजार २ सय जरिवाना भई फरार देवदह ५ शितलनगर बस्ने दल बहादुर थापा, २०७१।०३।२९ गतेको फैसलाले शितलनगर नै बस्ने टेकबहादुर सुनार र २०७१।०३।२९ गतेको फैसलाले सोही स्थानका यम बहादुर क्षेत्रीलाई पक्राउ गरेको हो ।

यस्तै २०६४।०९।३० गतेको फैसलाले वन मुद्धामा १ महिना कैद र रु.५०० जरिवाना सजाय पाएका देवदह २ बस्ने रमेश कुमाल, २०६३।०२।०१ गतेको फैसलाले वन मुद्धामा रु. ३६५३.१३ जरिवाना भएका देवदह ६ बस्ने धनुवा कान्छो कामी, २०७६।०३।२३ गतेको फैसलाले चोरी अन्य मुद्धामा रु३००० जरिवाना भई फरार रहेका देवदह १ भमरावारी बस्ने सागर खवासलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । मिति २०७३।०५।०६ गतेको फैसलाले साधारण चोरी मुद्धामा १ दिन कैद र रु ५ हजार जरिवानाका फरार प्रतिवादी देवदह १ बस्ने रामबहादुर लामा तामाङ, २०७१।१०।१७ गतेको फैसलाले सार्वजनिक मुद्धामा रु. ५००० जरिवाना भई फरार रहेका देवदह ८ बस्ने निशव श्रेष्ठ र २०४४।०२।०९ गतेको फैसलाले बहुविवाह मुद्धामा २ महिना कैद र रु.२००० जरिवाना भएका देवदह ५ बस्ने धुव्र कुमार श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी बुझाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img