काठमाण्डौ ।
पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो भने दोस्रो हाफमा नेपालले थप २ गोल खाएर एक गोल फर्काएको थियो । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ। भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन। नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुने भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??