रुकुमपूर्व ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत अवस्थामा भेटिएका छन । बुधबार साँझ सिस्नु टिप्न भनी निस्केका ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ घटनाको थप अनुसन्धानका भईरहेको प्रहरीको भनाई छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??