spot_img
spot_img
spot_img

चैत २३ मा कपिलवस्तुमा हुने भनिएको राष्ट्रिय मूर्ति कार्यशाला सर्‍यो

spot_img

भैरहवा।

कपिलवस्तुको पर्यटकीय स्थल सगरहवामा गर्ने भनेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सरेको छ। लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा चैत २३ गतेबाट सगरहवामा हुने भनिएको कार्यशाला पुरातात्विक महत्वको स्थल भएकाले हेरिटेज प्रभाव मुल्यांकन प्रतिवेदन नआइसकेका कारण कार्यशालाको मिति पछाडि सार्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभएको छ ।
कार्यशालाको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

मुर्तिकार एवं विज्ञ समूह, बौद्ध धर्मगुरु, विश्वविद्यालयका सम्बन्धीत विषयका प्रोफेसरसहितको भर्चुअल कार्यशाला २०८० वैशाख ४ गते गरिने बताईएको छ । सगरहवाको एेतिहासिक तथ्यसम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययनका लागि चैत ३० सम्मको समय तोकिएको छ । वैशाख १० गतेभित्र मुर्तिकारहरुसँग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गतेभित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकारसँग सम्झौता गर्ने कार्यसूची तय गरिएकोल जनाईएको छ । म्याकेट तयार भएपछि मात्रै मात्रै मूर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img