भारत ।
भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्ने भएकी छिन । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने बताईएको छ । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत फिल्म खेल्ने जानकारी गराउदै तस्वीर पनि सार्वजनिक गरेकी हुन । यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् भने कथावस्तु खुलाईएको छैन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??