spot_img
spot_img
spot_img

गैडहवामा शनिबारदेखि अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुदै

spot_img

गैडहवा।

रुपन्देहीको गैडहवामा भोली शनिबारदेखि अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुदैछ। स्वास्थ्यको लागि खेलकुद रास्ट्रका लागि खेलकुद भने मुलनारा सहित दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सन्चालान हुने भएको हो। न्यु एभरेस्ट युवा क्लब गैडहवा रुपन्देहीको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा देश भरका बिभिन्न जिल्लाका १२ फुटवल टिमहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका छन। बैशाख ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले २ लाख २ हजार २ सय २२ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन भने उपविजेता टिमले १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल पाउने आयोजकले जनाएको छ।

यसैगरी प्रतियोगितामा बिधागत पुरस्कार अन्तर्गत उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेण्डर,, उत्कृष्ट गोल रक्षक र सर्वाकिध गोलकर्तालाई जनही ७ हजार ५ सय रुपैया सहित ट्रफी प्रदान गरिने खेल संयोजक कुल बहादुर घर्ति मगरले जानकारी दिनु भएको छ। प्रतियोगितामा गुरुङ्ग ब्रदर्श(बाँके), लिस्नु युवा क्लव, (तिलत्तोमा रुपन्देही), गोर्खा ब्वाइज (बुटवल), कपिलबस्तु ११ (कपिलवस्तु), गोलबजार एफ.सी. (सिरहा), विश्वशान्ती युवा क्लव सालझण्डी, (रुपन्देही), मुर्गिया एफसी (मुर्गिया रुपन्देही), राइिजिङ्ग स्टार एफसी (नवलपरासी), फर्साटिकर एफसी (शुद्धोधन, रुपन्देही), आहाना एफसी (बुटवल), भरतपुर २४ (चितवन) र न्यू एभरेष्ट युवा क्लव (आयोजक) गरी १२ फुटवल टिमले सहभागिता जनाएका छन।

प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुको मनोबल बढाउन र स्थानीय प्रदेश केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरमा गैडहवालाई चिनाउन सफल हुने गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले विश्वास ब्यक्त गर्नुभएको छ। प्रतियोगिताको हरेक स्पर्धाका उत्कृष्ट एक जना खोलाडीलाई म्यान अफ दि म्याचको रुपमा नगद २ हजार रुपैया सहित ट्रफी प्रदान गरिने क्लवका अध्यक्ष प्रकाश ठकुरीले जानकारी दिनु भएको छ। प्रतियोगितालाई सफल बनाउन गैडहवा गाउँपालिका र पालिकाका ९ वटै वडा कार्यालय तथा बिभिन्न सहयोगदाताहरुबाट आर्थिक सहयोग समेत गरेका छन। गैडहवा गाउँपालिका वडा नं। ८ मा रहेको देविनगर खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको संरक्षक गैडहवा गाउँपालिका रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img