दाङ ।
सर्पको टोकाईबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ । तुलसीपुर १३ ढकनाका ११ वर्षीय छवि चौधरीलाई घरको आँगनमा खेल्दै सर्पले डसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सर्पले डसेपछि गम्भीर भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??