spot_img
spot_img
spot_img

इजरायलमा १७ वर्ष पछिको सबैभन्दा ठुलो आक्रमण

spot_img

इजरायल ।

प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए। यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
हमासले भने क्षेप्यास्त्र कसले हान्यो रु भन्ने बारे कुनै जानकारी नभएको बताएको छ। पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठुलो आक्रमण हो इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो। अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ।

-एजेन्सी 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img