२६ चैत, श्रीलङ्का।
श्रीलङ्कामा सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकको सङ्ख्या बढेपछि अआम्दानी पनि बढेको छ । सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकबाट झन्डै ५३ करोड अमेरिकी डलर प्राप्त भएको श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले यस वर्ष २० लाख जना पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ। श्रीलङ्कामा विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन व्यवसाय हो ।
पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख देशहरूमध्ये एक श्रीलङ्कामा कोरोना महामारीका कारण अर्थतन्त्र समस्यामा परेको थियो । पर्यटन आउने क्रम रोकिनुको साथै त्यही बेला राजनीतिक सङ्कटसमेत आउँदा श्रीलङ्काले चरम आर्थिक सङ्कट भोग्नुपर्यो । अहिले पर्यटकको सङ्ख्या बढेसँगै अब अर्थतन्त्र लयमा फर्कने क्रम सुरु भएको श्रीलङ्काको केन्द्रीय बैंकलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
-अलजजिरा