कञ्चन ।
सुनगाभा सामुदायिक बिकास केन्द्र, साथी सञ्जाल, कञ्चन र श्रृंगेश्वर हेल्थ क्लिनिकको संयुक्त आयोजनामा रुपन्देहीको कञ्चनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। कञ्चन ४ मा रहेको रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुलमा सञ्चालन गरिएको शिविरमा २१७ जनाले निःशुल्क स्वास्थ्य जाँच गराई सेवा लिएका छन्।
शिविरमा सेवा लिएका मध्ये ५ जना महिलाहरुको पाठेघरको अप्रेसन गर्नुपर्ने भएकोले महिलाहरुलाई गाउँपालिकाले निःशुल्क रुपमा पाठेघर अप्रेसन गर्न आवस्यक सहयोग गर्ने गाँउपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो। अध्यक्ष ढकालले स्थानीय स्तरमा कृयाशिल बिभिन्न संघसंस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजले प्रत्यक्ष अनुभुत गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जोड दिनुभयो। पालिकाको सहकार्य र समन्वयमा शिक्षा, स्वास्थ्य तथा समाजसंग जोडिएका बिभिन्न सामाजिक कृयाकलापहरुमा नियमित छलफल, अन्तरकृया गर्न आवस्यक रहेको अध्यक्ष ढकालले बताउनुभयो।
कञ्चन गाँउपालिका, वायोजिन रेमिडिज प्रा।लि। तिलत्तोमा, सिद्धार्थ फर्मास्युटिकल भैरहवाको संयुक्र सहयोग तथा रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुल, सुनगाभा महिला समूह र सिद्धार्थ महिला तथा बाल अस्पतालको संयुक्त समन्वय तथा सहकार्यमा सञ्चालित स्वास्थ्य शिवि।मा महिला तथा बाल बिशेषज्ञ र जेनरल फिजिसियन सेवा प्रदान गरिएको थियो। विशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचन लगायतले कञ्चनवासीको आधारभुत तथा नैसर्गिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई कञ्चनवासीको पहुँचसम्म पुर्याउन समय समयमा बिभिन्न संघसंस्थाहरुद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने बताउनुभयो। सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगरको अध्यक्षता तथा सचिव हिमा बेलवासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।