बुटवल ।
बुटवलको डेल्टा मार्टमा यही वैशाख १ गतेदेखि साझा बिक्री कक्षका रूपमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आउने भएको छ । नेपाली उत्पादनको प्रबर्द्धन गर्दै बाहिरी बजार समेत बिस्तार गर्ने उद्देश्यका साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताउनुभएको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराईएको थियो । जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकका अनुसार जुत्ता घरमा स्कुल सुज, क्याजुयल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरूको आफ्नै आउट लेट ५ हजार बढी मोडलका उत्पादनहरू उपलब्ध हुनेछन ।
सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरूको समेत नयाँ वर्षको अवसरमा लञ्च गरिनुका साथै शुभारम्भको अवधिभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने बताईएको छ। नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष सुरज भण्डारीले यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौँले प्रत्यक्ष रोजगार प्राप्त गरिरहेको बताउनुभयो ।