लुुम्बिनी ।
संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुुभएको छ। आईतबार कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य विश्वराज पौडेललगायतले उहाँलाई स्वागत गरेका हुन। मन्त्री श्रीपालीले मायादेवि मन्दिरको दर्शनसँगै गौतमबुुद्धको जन्मस्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको निरीक्षण गर्दै जानकारी लिनुभएको थियो। भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने र लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।