spot_img
spot_img
spot_img

अर्घाखाँचीको सन्धिखर्कमा जग्गाको कित्ताकाट खुला

spot_img

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी दस्तावेज भु–उपयोग ऐन २०७६ को दफा ४ र नियमावली २०७९ को नियम ५ अनुसूची १ मा भएको व्यवस्थाका आधारमा नगरपालिकाले विभिन्न चरण पार गरी पालिका भित्रको जग्गा वर्गीकरण गरेपछि सन्धिखर्क नगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको जानकारी दिनुभएको छ ।

जग्गाको वर्गीकरणसँगै गैरकृषि क्षेत्रमा चार आना र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइने बताईएको छ। सन्धिखर्क नगरपालिकाले पठाएको जग्गा वर्गीकरणका आधारमा जग्गाको कित्ताकाट सुरु भएको जिल्ला मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img