काठमाडौं ।
आइतबारबाट नउठेको सिंहदरबारको फोहोर सोमबार पनि उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको निर्देशनपछि फोहोर उठ्न नसकेको हो । मेयर साहले संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भन्नुभएको थियो । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ ।