झविन्द्र देवकोटा, बुटवल।
लायन्स क्लव अफ बुटवल मणि उजेशले रगत क्यान्सर भएका बालकको उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको छ। अर्घाखाँची घर भएका ७ वर्षिय रनीक परियारको उपचारमा सहयोग पुगोस भनेर मणि उजेशले ३५ हजार रुपैया सहयोग गरेको हो । क्लवका अध्यक्ष डा। शान्ता शर्माले बालकका अभिभावक सञ्जय परियारलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गर्नुभयो । रक्त क्यान्सरबाट पीडित बनेका बालकको अहिले सिभिल अस्पतालमा उपचार भई रहेको छ । बुटवलमा एक कार्यक्रम गरि उक्त आर्थिक सहयोग गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रक गर्भनर नवराज न्यौपाने, भिडिजी अर्जुनमान शैजु, सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ्ग, क्यान्सर डाइरेक्टर सुपर्ना वर्नवाल, भिजन डाइरेक्टर डाक्टर सल्मा केसी, कोषाध्यक्ष सिमा बस्याल लगायतले थोरै सहयोगले पनि बालकको स्वास्थ्यमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । यस्तै सोही कार्यक्रममा क्लवका अध्यक्ष डा. शर्माले निःशुल्क आखाँ परिक्षण शिविरका लागि क्लवका भिजन डाइरेक्टर डाक्टर सल्मा केसीलाई ३० हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । उक्त रकमकाट ग्रामिण बस्तिमा आखाँ उपचार शिविर ९भिजन कार्यक्रम० संचालक गर्नका लागि सहयोग पुग्ने क्लवले बताएको छ । क्लवले यस अघिपनि विभिन्न कार्यक्रम गरेर क्यान्सर पीडितलाई सहयोग तथा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको सचिव पुष्पा कण्डेलले जानकारी दिनुभयो ।