spot_img
spot_img
spot_img

श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

spot_img

एजेन्सी ।

श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ । गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको हो । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गर्नुभएको हो । यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो ।

पोस्टल मतदान विधि अनुसार निर्वाचन तय गरेको श्रींलकाका लागि ५ सय मिलियन डलरको आवश्यकता रहेको आयोगले जनाएको छ । यद्दपी सरकारले उक्त रकम जुटाउन असमर्थ भएका कारण निर्वाचन स्थगित गरिएको बुझिएको छ । श्रीलंकामा ४ वर्षका लागि ३ सय ४० स्थानीय परिषदका नयाँ सदस्य नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img