काठमाण्डौ ।
देशका धेरै ठाँउमा प्रदूषण बढेको छ । बिभिन्न ठाँउमा भईरहेको आगलागी, डढेलो गाडीबाट निस्किएको धुवाँका कारण वातावरण प्रदूषित बन्दै गएको हो । काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर सूचकांकले जोखिम तह नाघेको जनाईएको छ । एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ, तर काठमाण्डौको प्रदूषण मापन सूचक एक्यूआई २ सय ४४ पुगेको छ। एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि हानिकारक रहेको मानिन्छ । स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ ।