spot_img
spot_img
spot_img

सियारीका २५० घरधुरीलाई गाउँब्लक अन्तरगतको लालपूर्जा वितरण

spot_img

सियारी ।

रुपन्देहीको सियारी गाउँपालिकामा गाउँब्लक अन्तरगतका २ सय ५० घरधुरीलाई लालपूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीको समन्वयमा वडा नम्बर २, ४ र ५ का २ सय ५० घरधुरीलाई पूर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभएको छ । उहाँले लामो समयको पहल र मिहिनेतपछि सियारीवासीलाई जग्गापूर्जा हस्तान्तरण गर्न सकिएको उल्लेख गर्नुभयो । २०२५ सालमा नापीमा छुटेका तर सुरुको नापी हुँदादेखि नै जोतभोग गरे पनि लालपूर्जा नपाएका नागरिकलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । रुपन्देहीमा १ हजार ८ सय गाउँँब्लकको नापी भएकोमध्ये १ हजार १ सय ५० गाउँब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिनुभएको छ । उहाँका अनुसार सियारीमा १ सय १५ गाउँब्लक मध्ये ३५ वटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img