spot_img
spot_img
spot_img

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

spot_img

एजेन्सी ।

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षौँदेखि अलपत्र परेकोमा हिजो बुधवार एक संयुक्त विज्ञप्तिमा निकालेर दुवै देशले कन्सुलर सेवा र उडानहरू सुरु गर्न सहमति जनाएका हुन् । सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएयता पहिलो पटक सिरियाली विदेशमन्त्री फैसल मेकदादले हिजो साउदी अरबको भ्रमण गरेपछि यो घोषणा आएको हो । सिरियाली विदेश मन्त्रालयका अनुसार दुवै देशमा कन्सुलर सेवा स्थापना गर्ने, दुईतर्फी उडान सुरु गर्ने र आतङ्कवाद विरोधी प्रयासहरू बढाउन सहमति भएको छ । यो सहमतिले युद्ध कम गर्न, युद्धका असरलाई न्यूनीकरण गर्न, राष्ट्रिय मेलमिलाप हासिल गर्न र सिरियालाई अरब परिवेशमा फर्काउन योगदान पुर्‍याउनेछ ।

साउदी प्रेस एजेन्सीका अनुसार दुवै देशले मानवीय कठिनाइहरू समाधान गर्न र सिरियाका सबै भागमा सहयोग पुर्‍याउनका लागि उपयुक्त वातावरण प्रदान गर्न पनि सहमति जनाएका छन् । हिजै ट्युनिसिया र सिरियाले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुरु गर्न आ–आफ्ना दूतावास खोल्ने निर्णय गरेका थिए । पछिल्लो समय खाडी देशहरूले एक–अर्कासँगको सम्बन्ध पुनःस्थापना गर्दै लगेका छन् । बहराइन र कतार, इराक र इरान, इरान र साउदी अरब लगायतका देशले कुटनीतिक सम्बन्ध सुधारको सहमति गरिसकेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img