spot_img
spot_img
spot_img

पश्चिमी अष्ट्रेलियामा आँधीका कारण हजारौं मानिस विस्थापित

spot_img

काठमाण्डौ ।

पश्चिमी अष्ट्रेलियाको उत्तरी तटमा शक्तिशाली आँधी आएको छ। ३ सय १५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको इल्सा नामको आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको हो। आँधीका कारण तटीय क्षेत्रमा रहेका हजारौं मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ।
पश्चिमी अष्ट्रेलियामा हरेक वर्ष चक्रवत आँधीबाट मानिसहरू प्रभावित हुने गरेका छन। तर, यो आँधी पछिल्लो १४ वर्ष यताको सबै भन्दा शक्तिशाली रहेको मौसम विभागका अधिकारीहरुले बताएका छन।

आँधीबाट थप क्षति हुन नदिन पोर्ट हेडल्याण्ड बन्दरगाहमा १५ हजार मानिसलाई एलर्ट रहन आग्रह गरिएको समाचारमा उल्लेख गरिएको छ। त्यस्तै, बन्दरगाहमा रहेका जहाजलाई पनि सुरक्षित स्थानमा राखिएको छ। आँधीको प्रभाव अझै बढ्न सक्ने भन्दै दुर्गम र ग्रामीण क्षेत्रका मानिसहरू विस्थापित हुन थालेका छन् । दुई वर्षअघि पनि सोही क्षेत्रमा आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै दुई जनाको मृत्यु भएको थियो।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img