कञ्चन ।
कञ्चनको समृद्धि र बिकासमा पनि कञ्चनवासीको एकमन हुनेपर्ने कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभएको छ। अध्यक्ष ढकालले रुपन्देहीको कञ्चन गाउपालिकामा शुक्रबारदेखि कञ्चनमा शुरु भएको अन्तर लियो कञ्चन क्रिकेट प्रतियोगिताको शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो। अध्यक्ष ढकालले कुनैपनि क्षेत्रमा गरिने भौतिक, शैक्षिक, आर्थिक तथा स्वास्थ्य अनि पुर्वाधार बिकासको दिगोपनका लागि मानविय सोंचको सकारात्मक बिकास हुन आवस्यक रहेको बताउनुभयो। खेलकुदले शारिरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न सहयोग गर्नुका साथै शारिरिक तन्दुरुस्तीको लागि खेलिरहदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राष्ट्रका लागि योगदान दिइरहेको हुने अध्यक्ष ढकालले बताउनुभयो।
यस्तै कार्यक्रममा लायन्स क्लवका भुतपुर्व अध्यक्ष राम बहादुर थापाले राज्यले खेलकुदको क्षेत्रमा कमैमात्र लगानी गरेका कारण अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरुको उत्पादन हनु नसकेको बताउनु भयो। औंलामा गन्न सकिने केही खेलाडीहरुले आफ्नो बलवुटाकै भरमा अन्तराष्ट्रिय खेलाडी बन्न सफल भएको उल्लेख गर्दै थापाले स्थानीय तहमा खेलाडीहरुको उत्पादन गर्न स्थानीय तहले आवस्यक लगानी गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा कञ्चन गाउपालिका जनप्रतिनीधि, लायन्स कलवका पुवै अध्यक्ष तथा पादाधिकारी, क्लवका वर्तमान अध्यक्ष मोहन सुनार लगायतको आतिथ्यता रहेको थियो।
लियो क्लव अफ कञ्चनका अध्यक्ष आशिष स्वेदीको अध्यक्षता तथा क्लवका चार्टर प्रसिडेन्ट तथा निवर्तमान अध्यक्ष प्रदिप गिरीको स्वागतमा शुरु भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रम गोविन्द आचार्यले सञ्चालन गर्नुभएको थियो। कञ्चन गाँउपालिका वडा नं। ५ मा रहेको सरस्वती माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा कञ्चनका १३ क्रिकेट टिमहरुले सहभागिता जनाएका छन। नयाँ बर्षको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगितामा विजेता टिमले नगद २० हजार रुपैया सहित कप तथा मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ हजार रुपैया सहित कप तथा मेडल प्राप्त गर्ने लियो क्लव अफ कञ्चनका खेल संयोजक सुरेश ढुंगानाले जानकारी दिनुभएको छ। शुक्रबार प्रगतीशिल सामाजिक बिकास केन्द्र र सप्तरंगी बिच भएको उद्घाटन खेलमा सप्तरंगीले जित निकालेको छ भने हिजो नै कञ्चन २ र धौलागिरी क्रिकेट टिमबिच भएको दोश्रो खेलमा कञ्चन २ ले जित हासिल गर्दै प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको संयोजक सुरेश ढुंगानाले जानकारी दिनुभएको छ।