एजेन्सी ।
रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ। ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कामा खोजी भैरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।
साथै उहाँले आक्रमणको निन्दा पनि गर्नुभएको छ। रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको युक्रेनको दाबी छ । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।