कास्की ।
पोखराको सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएको छ। पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली पोखरा १५ मा रहेको सेती खोँचमा दिउँसो ३ बजेतिर खसेकी थिइन। उनी खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार गरेर उपचारका लागी अस्पताल पुर्याईएपनि उनको ज्यान भने बच्न सकेन। उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन। साथीहरुसँग घुम्न भनेर गएकी स्मृति खोँचमा खसेकी हुन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??