बुटवल ।
रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। सियारी–४ छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम फेला पार्नुभएको थियो।
आज दिउँसो नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुनुहुन्छ । सिमेन्टको बोराभित्र राखिएको कुकर बमसँगै मधेश पिपुल्स पार्टी लेखिएका पर्चाहरु समेत भेटिएका थिए। प्रहरीले सोही अनुसार अनुसन्धानलाई अगाडी बढाएको जनाएको छ ।