spot_img
spot_img
spot_img

सुडानको सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चल्दै

spot_img

एजेन्सी ।

सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ। अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स ९आर।एस।एफ०ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको बीबीसीले जनाएको छ। सुडानी सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सेनाले लडाइँ गरिरहेको बताएको छ। खार्तुम सहित सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन् । भीषण भिडन्तबाट आफूलाई जोगाउन मानिसहरू संघर्ष गरिरहेका छन। पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन। धेरै मानिसले विद्यालयमा आश्रय लिइरहेका बीबीसीले जनाएको छ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ। सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन। आरएसएफ परिषद्का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ। परिषदको प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जेनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ। नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ। आरएसएफले समायोजन १० वर्ष पछि गर्न चाहेपनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर।एस।एफ बीच विवाद छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img