काठमाण्डौ ।
काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा देखिएको छ। केही दिनयता नेपालको हावा निकै नै अस्वस्थकर बन्दै गएको छ । हावाको गुणस्तर मापक सूचक (एक्यूआई)अनुसार काठमाण्डौं प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा रहेको वायुको एक्यूआई अहिले १ सय ९२ रहेको छ। सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ रहेको छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ।
यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ। एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ।