३ बैशाख, काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेएक हजार छ सय चार जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । यही अवधिमा ५० जना कोरोना सङ्क्रमित निको भएका छन् भने अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७७ जना पुगेको छ । यसैबीच कोरोना सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढेकाले सतर्कता उपनाउन डाक्टरहरूले सुझाव दिएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??