काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बन्नुभएको छ । भाइरल ज्वरोका कारण ओली अस्वस्थ बन्नुभएको हो । अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको र एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको बताउनुभयो । आफु अस्वस्थ भएको कारण आउदै गरेको उपचुनावको प्रचारप्रसारमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्य अवस्था ठिक भएपछि मतदाताहरूलाई भेट्न जाने उल्लेख गर्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??