एजेन्सी ।
भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरु मध्ये ११ जनाको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी भएको बताईएको छ ।
अन्य १३ जनाको अवस्था गम्भीर रहेको छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए । सोही समारोहमा गृहमन्त्री शाहले अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कार प्रदान गर्नुभएको थियो ।