काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको र अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले बताउनुभयो । पेटमा र पछि छातीमा समस्या देखिएको हो। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??