पाल्पा ।
ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली मंगलबार तानसेनमा आइपुगेको छ । तानसेनको ऐतिहासिक भगवती मन्दिरमा उक्त टोली मगलबार आईपुगेको हो। भगवती मन्दिर नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात् तत्कालीन कर्णेल उजिरसिंह थापाले स्थापना गरेको थियो। गत २०७९ चैत २८ गते गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही निस्केको पदयात्रा टोलीलाई तानसेनका स्थानीय बासिन्दाले मालाले सम्मान गरेका थिए । पदयात्राको टोलीलाई तानसेनका नगर कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, स्थानीय बासिन्दा, भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ।