spot_img
spot_img
spot_img

‘शिक्षामैत्री नीति निर्माण नबन्दा ग्रामिणस्तरका विद्यालय विस्थापित हुने खतरा’

spot_img

बुटवल ।

शिक्षाविद् एवं प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको आरोप लगाउनुभएको छ । उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यानपुग्न नसकेको र अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी नभएको बताउनुभएको हो । उहाँले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको व्यक्त गर्नुभएको छ । उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेगानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने सुझाव दिनुभयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मंगलवार “अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ“ भन्ने बिषयेक साक्षात्कार कार्यक्रममा बोल्दै बरिस्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा। बुद्धबहादुर थापाले नेपालमा भोलीका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो , हिजो शिक्षक केन्द्रीत शिक्षा थियो । आज त्यो छैन । शिक्षकहरु भुत्ते हुँदै गएका छन ।

बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने वताउनुभयो । निजि विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य तथा दीप वोर्डिङ स्कुल बुटवलका प्रिन्सिपल टिकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाईदा पुग्ने खालको पोलिसी ल्याउन नसकेको आरोप लगाए । नर्सरी लगायत साना कक्षाका भर्ना हुन आएका विद्यार्थीलाई आफुहरुले विना जाँच भर्ना लिईदै आएको र आएकाहरुलाई फिर्ता नगर्ने गरेको वताउँदै विद्यार्थीहरुलाई स्तर हेरेर विभेद नगरेको उल्लेख गरे ।

कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरुलाई समावेश नगरेको भन्ने कुरा गलत भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारले थेक्नसक्ने क्षमतासम्म स्कुलसँग नजिक पहुँच भएका विद्यार्थीलाई समावेश गरेको र बाहिर आएको कुरा जस्तो पक्षपात नगरेको बताउँदै विपन्न वर्गका विद्यार्थीहरुलाई पनि भर्ना गरेको बताउनुभयो । शिक्षालाई सुधार गर्नका निम्ति भौतिक संरचना साथै शिक्षकहरुको गुणस्तरलाई जोड दिनुपर्ने उहाँको भनाई थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img