देवदह । रुपन्देहीको देवदहमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्याब्सन देवदहको आयोजनामा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो।
प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन सङ्गै लोक संस्कृतीको जगेर्नाका लागी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। प्याब्सन देवदहले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उहाँको भनाई थियो।
प्रतियोगितामा देवदह बुद्ध पब्लिकले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हात पारेको छ । त्यस्तै एसियन लाइट द्वितीय र ग्रीन प्लान्ट तृतीय बनेका छन्। सेभेन स्टार र मदर टङ्सले सान्त्वना स्थान हासिल गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले विद्यार्थीको प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयहरूले सांस्कृतिक संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए। विशिष्ट अतिथि प्याब्सन रुपन्देहीका सचिव बोधराज गौडेलले सहभागी सबै विद्यालयलाई शुभकामना दिँदै नियमित सांस्कृतिक क्रियाकलापले विद्यार्थीलाई आत्मविश्वासी बनाउने बताए।
प्रतियोगिताको मूल्यांकन सुन्दर गुरुङ र लोकेन्द्र शाहले गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचीव कृष्ण गैरेको संचालनमा सम्पन्न भएको थियो।




