spot_img
spot_img
spot_img

श्री उदय आधारभूत प्राविका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

spot_img

रुपन्देहीको देवदह–७ स्थित श्री उदय आधारभूत प्राविमा आज जाडो राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह पकरी वृक्षद्वारा आयोजित उक्त कार्यक्रम उषा सुवेदीको अध्यक्षता र एम जे एफ सन्दीप कौसधनको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको थियो।

विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसममा उपयोगी हुने न्यानो कपडा, विद्यालयको यूनिफर्म, जुत्ता तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा जम्मा ३२ जना विद्यार्थीलाई करिब ४० हजार रुपैयाँभन्दा बढी बराबरको राहत सामग्री सहयोग प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा आशिष श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, मीना गुरुङ र पुष्पा क्षेत्री लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम क्लबकी सचिव निशा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो भने समायोजन मायासापकोटाले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा समुदायका अभिभावकहरूको उत्साहपूर्ण सहभागिताप्रति क्लबले आभार व्यक्त गर्दै भविष्यमा पनि सामाजिक सेवा प्रवाहका कार्यक्रमहरू निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img